आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Post Thumbnail

कार्तिक ०७, काठमाण्डौ । आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ । आज र भोली
६ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि पाँच वर्षसम्मकालाई जुकाको औषधि खुवाइनेछ ।

पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । भिटामिन ‘ए’ र जुकाको औषधि खान आज छुटेका बालबालिकालाई भोलि खुवाउन सकिने छ ।

६ महीनादेखि ५९ महीनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदै आएको छ । जुकाको औषधि भने २०५६ सालदेखि खुवाउन थालिएको हो ।

सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ । सधैं कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिएकोमा यस वर्ष त्यो मितिमा दशैं परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस