आईसीसी टी–ट्वान्टीः भारत र पाकिस्तानको भिडन्त आज

कार्तिक ०७, काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट सुपर १२ अन्तर्गत आज (आइतबार) दुई खेल हुँदैछ । विश्वकपमा आज बहुचर्चित भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।

भारत र पाकिस्तानबीचको क्रिकेट भिडन्तलाई एक अर्काको प्रतिष्ठासँग जोडेर समेत हेरिने गरिएको छ । तर, दुबै टिम आईसीसी र एसीसीको प्रतियोगिता बाहेक एक अर्काविरुद्ध खेल्ने गरेका छैनन् ।

सन् २०१९ को एकदिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । अझ सन् २०१६ पछि टी–ट्वान्टी विश्वकप दुई टोली पहिलो पटक खेल्न लागेका हुन् ।

सन् २०१६ को विश्वकपमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो । २०१९ को एकदिवसीय विश्वकपमा समेत भारत विजयी भएको थियो ।

त्यस्तै सारजाहमा हुने पहिलो खेलमा बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । श्रीलंका र बंगलादेशबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ । दुबै टिम पहिलो चरणबाट आएका टिम हुन् । दुबै टिम सुपर १२ मा समेत जित निकाल्ने योजनामा मैदान उत्रने छन् ।

 

संम्बन्धित समचार

Leave a Reply