यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडानको अनमुति

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ कार्तिक ७, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक ०७, काठमाडौँ । निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनमुति प्राप्त गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यती एयरलाइन्सले दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका लागि अन्तर्राष्ट्रिय चार्टर्ड, नन सेड्युल उडान अनुमति प्राप्त गरेको कम्पनीले जनाएको छ ।

अनुमति पाएसँगै यतीले दक्षिण पूर्वी एसिया र दक्षिण एसियाली राष्ट्रहरुमा प्यासेन्जर तथा कार्गो उडान गर्न कम्पनीका प्रवक्ता सुर्दशन बर्तौलाले बताए । उनले भने, “अन्तर्राष्ट्रिय उडानका लागि हाम्रो आन्तरिक तयारी पूरा भएको छ, योसंगै हामी जुनसुकै समयमा यी राष्ट्रहरुमा उडान गर्न सक्षम छौं ।”

कम्पनीका अनुसार यतीले अब दक्षिण एसिया र दक्षिण पूर्वी एसियाली राष्ट्रहरुमा यात्रु तथा कार्गो उडान गर्न पाउनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस