वर्षाले राष्ट्रिय राजमार्गमा १ अर्ब बढीको क्षति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक ७, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक ७, काठमाण्डौ । बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले कात्तिक १ गतेयता राष्ट्रिय राजमार्गमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको छ ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले संसदको विकास तथा प्रविधि समितिमा आइतबार प्रस्तुत प्रारम्भिक क्षतिको विवरण अनुसार बेमौसमी वर्षापछि आएको बाढी पहिरोले १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति पुगेको हो ।

बैठकमा महानिर्देशक थापाले कात्तिक १ गते यता बाढी पहिरोको कारण १० वटा राजमार्ग सडक १८ स्थानमा अवरुद्ध छन् ।

हाल दुवै तर्फ यातायात सुचारु भएको राजमार्गको संख्या ३ तथा एकतर्फी यातायात चालु रहेको स्थान ९ रहेका छन् ।

बाढी पहिरोका कारण ४ वटा राजमार्ग अहिले पनि अवरुद्ध रहेको र ६ स्थानमा अहिले पनि यातायात सञ्चालनमा आउन नसकेको उनले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस