सर्वोच्चमा पर्सिदेखि गोला प्रथाबाट पेशी तोक्ने प्रधानन्यायाधीशको प्रतिवद्धता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक ७, आईतबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

कात्तिक ७, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतमा मंगलबारदेखि परीक्षणका रुपमा गोलाप्रथाबाट पेशी तोक्ने बताएका छन् ।

नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँग आइतबार भएको भेटमा उनले पर्सि (मंगलबार) देखि केही मुद्दामा नमुनाको रुपमा गोला प्रथाबाट पेशी तोक्ने बताएका बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

अदालतको विकृति, विसंगति र भ्रष्टाचार अन्त्यका लागि सुझाव दिन न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा गठित समितिले स्वचालित पद्धति (अटोमेसन) बाट मुद्दाको पेशी व्यवस्थापन गर्न र अटोमेसनमा नजाँदासम्म गोला प्रथाबाट पेशी तोक्न सुझाव दिएको थियो ।

तर प्रधानन्यायाधीशले गोला प्रथाबाट पेशी तोक्न आनाकानी गरेको भन्दै विरोध भइरहेको थियो । बारका महासचिव पौडेलले प्रधानन्यायाधीश जबराले सम्भवतस् मंसिरदेखि अटोमेसनमा लैजाने बताएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस