सर्वोच्चका न्यायाधीशहरूले ‘फुल कोर्ट’ बैठक बहिष्कार गर्ने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक ७, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक ७,काठमाडौँ । प्रधानन्यायाधीश चेलेन्द्रशम्शेर जबराले भोलि सोमवारका लागि बोलाएको नेपाल बार एसोसिएशनसहितको ‘फुल कोर्ट’ को बैठकमा सर्वोच्चका न्यायाधीशहरू सहभागी नहुने भएका छन् ।

१४ जना न्यायाधीशको बैठकले प्रधानन्यायाधीशले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो । सर्वोच्चका न्यायाधीशहरूले पनि केही दिनदेखि प्रधानन्यायाधीशलाई फूलकोर्ट बैठक राख्न अनुरोध गरिरहेका थिए ।

तर आफूहरूले प्रधानन्यायाधीशको सम्बन्धमा आएका खबरहरूको बारेमा छलफल गर्न ‘फुल कोर्ट’ माग गरेकोमा हरिकृष्ण कार्की संयोजक रहेको समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने विषयलाई मात्रै एजेन्डाका रूपमा राखेर भोलिका लागि ‘फुल कोर्ट’ को बैठक आह्वान गरेपछि सहभागी नहुने निर्णय गरेको बैठकमा सहभागी एक न्यायाधीशले बताएका छन् ।

सर्वोच्च बारका प्रतिनिधि र प्रधानन्यायाधीश जबराबीच आज आइतवार भएको छलफलमा जबराले भोलि सोमवार अदालतको ‘फुल कोर्ट’ बैठक बोलाउने सहमति जनाएका हुन् ।

भोलि ‘फुल कोर्ट’ को बैठक बसेपछि पर्सि मङ्गलवारदेखि नमुना गोलाप्रथा सुरु गर्ने सहमति जुटेको भेटमा सहभागी नेपाल बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले जानकारी दिए ।
नेपाल बार र सर्वोच्च अदालतबीच विवाद बढ्दै गएपछि बारका प्रतिनिधिहरूले आज प्रधानन्यायाधीश जबरासँग भेट गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस