भारतीय जनता पार्टीका नेता परिहारको हत्या

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ कार्तिक १६, शुक्रबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कात्तिक १६, काठमाडौं । भारतको जम्मू–कस्मिर राज्यका भारतीय जनता पार्टी (बीजेपी)का सचिव अनिल परिहार र उनका भाइको गोली हानी हत्या भएको छ ।

हिजो साँझ जम्मू–कस्मिरको किश्तवाडमा बीजेपी सचिव परिहार र उनका भाइको गोली हानी हत्या भएको हो ।

किश्तवाडमा रहेको आफ्नो घरतर्फ जाँदै गर्दा परिहार दाजुभाइमाथि गोली हानिएको जम्मू–कश्मीर प्रहरीले जनाएको छ ।

जम्मू–कश्मीर बीजेपीका अध्यक्ष रवीन्द्र रैनाले आतंककारी समूहले गोली प्रहार गरेको बताएका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस