आज मौसममा बदली, कहाँ-कहाँ पर्दैछ पानी ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक ८, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक ०८, काठमाडौं । आज देशका विभिन्न भागमा मौसम बदली भई वर्षा हुनेछ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ ।

मौसमविद् सजना शाक्यका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको शाक्यले जानकारी दिइन् ।

मौसमविद् सजनाका अनुसार काठमाडौं उपत्यकामा पनि मौसम बदली भई केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

गण्डकी, वाग्मती र प्रदेश १ का एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शाक्यको भनाइ छ ।

वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेकोले कृषिजन्य कार्य र यात्रा गर्दा आवश्यक सावधानी अपनाउन मौसमविद् शाक्यको आग्रह छ ।

ताजा अपडेट

खोजी गर्नुहोस