जनमत पार्टीले आजदेखि भ्रष्ट्राचारबिरुद्ध आन्दोलन चर्काउने

कार्तिक ०८, काठमाडौं । भ्रष्ट्राचारबिरुद्ध आन्दोलनको घोषणा गरेको डा. सिके रावत नेतृत्वको जनमत पार्टीले पहिलो चरणको आन्दोलन आजबाट (सोमबार) गर्न लागेको छ । आइतबार एक सुचना जारी गर्दैं पार्टीले आजदेखि पहिलो चरणको आन्दोलन गर्ने जनाएको थियो ।

पार्टीको केन्द्रीय कार्यकारीणी समितिका बैठकले भ्रष्ट्राचारबिरुद्धको आन्दोलनका कार्यक्रमहरु तय गरेको छ । कार्यक्रमहरु अन्तर्गत आज जिल्ला सदरमुकामहरुमा सिटी जुलुस निकाल्ने भएको छ ।

त्यस्तै भोली (कात्तिक ९ गते) पालिकाहरुमा मोटरसाइकल जुलुस निकाल्ने, १० गते वडातहमा कोणसभा र मसाल जुलुस गर्ने, ११ गते वडास्तरमा प्रशिक्षण चलाउने, १२ गते सदरमुकामहरुमा मसाल जुलुस निकाल्ने जनमत पार्टीले जनाएको छ ।

पार्टीले आन्दोलनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषालाई बोधार्थ गरिसकेको छ ।

संम्बन्धित समचार

Leave a Reply