म्यानचेस्टर सिटी काराबाओ कप फुटबलकाे क्वार्टरफाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ कार्तिक १६, शुक्रबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कात्तिक १६, काठमाडौं । म्यानचेस्टर सिटी इंग्ल्याण्डमा जारी काराबाओ कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा फुलह्यामलाई दुई शुन्यले हराउँदै सिटीले अन्तिम आठमा स्थान बनायो ।

घरेलु मैदान इतिहास स्टेडियममा भएको खेलमा सिटीको जितमा दुबै गोल ब्रहिम डियाजले गरे । खेलको १८ औं मिनेटमा डियाजको गोल मार्फत अग्रता बनाएको सिटीले पहिलो हाफसम्म सो अग्रता कायम राखेको थियो ।

६५ औं मिनेटमा पुनः डियाजले सिटीका लागि दोस्रो गोल गरे । त्यसपछि पाहुना टिम फुलह्याम खेलमा फर्कन सकेन र सिटीले क्वार्टरफाइनलमा स्थान बनायो । क्वार्टरफाइनलमा सिटीले लेस्टर वा साउथह्याम्टनबीचको विजेतासँग खेल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस