सुपरस्टार रजनीकान्तलाई ‘दादा साहेब फाल्के’ पुरस्कारबाट सम्मानित

कार्तिक ०८, काठमाडौं । दक्षिण भारतका सुपरस्टार रजनीकान्तलाई आज (सोमबार) दिल्लीमा आयोजित हुने एक विशिष्ट समारोहबीच ५१औं ‘दादा साहेब फाल्के’ पुरस्कारबाट सम्मानित गरिँदै छ ।

यो पुरस्कारको घोषणा गत अप्रिल महिनामै गरिएको थियो । सुपरस्टार रजनीकान्तलाई उनले चार दशकदेखि भारतीय सिनेमामा पुर्‍याउँदै आएको योगदानका लागि प्रतिष्ठित दादा साहेब फाल्के अवार्ड प्रदान गर्न लागिएको हो । कोभिड-१९ को महामारीका कारण यो अवार्ड कार्यक्रम केही ढिलो गरी हुन लागेको हो ।

दादा साहेब फाल्के पुरस्कार भारतीय सिनेजगतको सर्वोच्च सम्मान हो । यो पुरस्कार भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयअन्तर्गतको फिल्म समारोह निर्देशनालयद्वारा अन्य राष्ट्रिय फिल्म पुरस्कारहरुसँगै वितरण गरिन्छ ।

रजनीकान्तलाई सन् २०१६ मा पद्म विभूषणले सम्मानित गरिएको थियो । रजनीकान्तले तमिल सिनेमा ‘अपूर्व रागंगलुबाट चलचित्रमा डेब्यू गरेका थिए । उनका कैंयन् चलचित्र सुपरहिट छन् । बाशा, शिवाजी, एन्थिरन रजनीकान्तका केही सफल चलचित्र हुन् । उनी आफ्ना प्रशंसकहरुबीच थलाइवर (नेता)का रूप सुपरिचित छन् ।

(Visited 4 times, 1 visits today)

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?