मन्त्रिपरिषद बैठक ४ बजे बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ कार्तिक ८, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक ८, काठमाडौं । मन्त्रिपरिषदको बैठक ४ बजे बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । सुदूरपश्चिम र प्रदेश एकका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएपछि देउवाले सोमबार मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीका अनुसार आजको बैठकले बाढी–पहिरो पीडितलाई राहत र क्षतिपूर्तिका सन्दर्भमा निर्णय लिने छ । सरकार सञ्चालनका सन्दर्भमा हुने नियमित काम कारबाहीबारे पनि छलफलको एजेण्डा रहेको उनको भनाइ छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस