१२ वटा बैंकहरुले गरे लाभांश घोषणा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ कार्तिक ९, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक ९, काठमाडौं । गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश १२ वटा बैंकहरुले घोषणा गरेका छन् । अन्य केही बैंकहरुले भने लाभांश घोषणा गर्ने तयारीमा रहेका छन् । केही बैंकहरुले लाभांश घोषणा गरी साधारण सभा प्रयोजनका लागि बुक क्लोज समेत गरेका छन् ।

सोमबार केही बैंकहरुको बोनस शेयर पछि मूल्य समायोजन भएको छ । माछापुछ्रे बैंक, सानिमा बैंक, कुमारी बैंक लगायतको नेपाल स्टक एक्सचेञ्जमा मूल्य समायोजन समेत भइसकेको छ । हालसम्म लाभांश सार्वजनिक गरेका बैंकहरु मध्ये गत आर्थिक वर्षको मूनाफाबाट धेरै लाभांश दिने पहिलो नम्बरमा हिमालयन बैंक देखिएको छ ।

हिमालयन बैंकले नगद लाभांश ४.६२ प्रतिशत र बोनस शेयर २१.३८ प्रतिशत गरी जम्मा २६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । दोस्रो नम्बरमा देखिएको सानिमा बैंकले ०.८९ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि र १७ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ भने तेस्रो नम्बरमा धेरै लाभांश घोषणा गर्नेमा नेपाल बैंक देखिएको छ । नेपाल बैंकले ३ प्रतिशत नगद लाभांश र १४ प्रतिशत बोनस शेयर गरी १७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस