जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच सामूहिक छलफल सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक ९, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कात्तिक ९, काठमाडौं । प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच सामूहिक छलफल सुरु भएको छ ।

उनीहरुबीच न्यायिक नेतृत्वमा देखिएको समस्या र समाधानका बारेमा छलफल भएको हो । छलफलको क्रममा न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

सोमबार प्रधानन्यायाधीश जबराले तोकेको इजलास बहिस्कार गरेर उनीहरु छुट्टै छलफलमा बसेका थिए । सोही छलफलमा प्रधानन्यायाधीशसँगको भेटमा राजीनामा माग्ने सहमति भएको स्रोतले जनायो ।

सोमबार नै नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई निकास दिन आग्रह गर्ने निर्णय गरेको थियो । चार पूर्वप्रधानन्यायाधीशहरुले पनि अवेर राति विज्ञप्ति निकालेर प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आग्रह गरेका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस