श्रीमती र छोरीको हत्यामा एक व्यक्ति पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ कार्तिक ९, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक ९, विराटनगर । झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको आरोपमा इलाम प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलामको देउमाई नगरपालिका- ५ बारुङका ३३ वर्षीय कमल (पूर्णचन्द्र) तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार बिहान ६ बजे उनी आफैंले झारफुक गरेका थिए । झारफुक गर्ने क्रममा उनले श्रीमती ३४ वर्षीया सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको घाँटी तथा शरीरको बिभिन्न भागमा टोकेका थिए । टोक्ने क्रममा नै उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी चौकी गजुरमुखीधामबाट पुगेको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस