सुनको भाउ २ सय रुपैयाँले बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ कार्तिक ९, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कात्तिक ९, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

यस्तै महासङ्घका अनुसार तेजाबी सुनको मूल्य मंगलबार प्रतितोला ९२ हजार १ सय रुपैयाँ रहेकामा सोमबार ९१ हजार ९०० थियो ।

महासङ्घका अनुसार मंगलबार चाँदीको मूल्य स्थिर रहेकाले प्रतितोला १ हजार २६५ रुपैयाँ कायम छ । चाँदी सोमबार प्रतितोला सोही मूल्यमै कारोबार भएको थियो ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस