विवादका कारण सर्वोच्चमा आज पनि भएन मुद्दाको सुनुवाइ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक ९, मंगलबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

कात्तिक ९, काठमाडौं । प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर ती कुनै पनि इजलासमा मुद्दा सुनुवाइ भएको छैन ।
मंगलबार प्रधानन्यायाधीश जबरासँग भेटेका सर्वोच्च अदालतका न्यायाधीशहरुले उनलाई राजीनामा दिन आग्रह गरेका थिए । तर प्रधानन्यायाधीश जबराले आफूले सडकमा माग गरिएको भरमा राजीनामा नदिने जवाफ दिएका छन् ।

त्यसपछि सर्वोच्चका न्यायाधीशहरु पुनः छलफलमा बसेका थिए । पछिल्लो छलफलले पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छ भन्ने निश्कर्ष निकालेको एक न्यायाधीशले जानकारी दिए । सर्वोच्चमा मंगलबार प्रधानन्यायाधीशबाहेक १५ न्यायाधीश उपस्थित छन् ।

उनीहरुले बुधबार पनि साढे ११ बजे छलफलमा बस्ने जनाएका छन् । सर्वोच्च अदालतका न्यायाधीशले सोमबारदेखि प्रधानन्यायाधीशले तोकेको इजलास बहिस्कार गरेका छन् । प्रधानन्यायाधीश र न्यायाधीशको विवादका कारण दुई दिनदेखि सर्वोच्च अदालतबाट मुद्दाको सुनुवाइ रोकिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस