मकवानपुर उद्योग वाणिज्य संघमा अकिंता सुमार्गी लोकप्रिय मतसहित विजयी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ कार्तिक १०, बुधबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

कात्तिक १०, काठमाडौ । मकवानपुर उवासंघको निर्वाचनमा एशोसियट तर्फ अकिंता सुमार्गी लोकप्रिय मतसहित विजय भएकी छिन् । कुल १ सय १६ मत खसेकोमा उनले ७१ मत ल्याइन ।

मकवानपुर उद्योग वाणिज्य संघमा ठुला व्यावसायिक प्रतिष्ठानको संख्या ११७ रहेका छन् । मकवानपुरका महिला व्यवसायीहरूको आर्थिक तथा सामाजिक विकासको लागि महिला नेतृत्वको आवश्यकता रहँदै आएको छ । जितपछी सुमार्गीले अबका दिनमा स्थानीय महिलाहरूद्धारा उत्पादित वस्तुको बजार विकासमा आफुले विशेष योगदान दिने बताइन ।

उनि पहिलो महिला व्यवसायीक नेतृ भएकीले महिला लक्षित उद्यमशीलता विकासमा लागिपर्ने उद्देश्य रहेको अकिंता सुमार्गीले अनलाइन केन्द्रलाई बताइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस