कांग्रेस र माओवादी महाभियोग नल्याउने पक्षमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १०, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १०, काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग नलगाउने पक्षमा रहेको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग लगाउने पक्षमा आफू र पार्टी नभएको बताएका छन् । पार्टीको १४औं महाधिवेशनका विषयमा मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पदाधिकारी र निर्वाचन समितिको बैठकमा देउवाले यस्तो बताएका हुन् ।

महाधिवेशन सम्बन्धी छलफल सकिएपछि प्रधानन्यायाधीशका विषयमा उठेका प्रश्नको जवाफमा देउवाले प्रधानन्यायाधीश राणाले पदबाट राजीनामा नदिने बताएको र हामी महाभियोगको पक्षमा नरहेको बताए ।

यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पनि प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउने बारेमा गठबन्धनका पाँच दल बीच कुनै छलफल नभएको बताएका छन् । महाअभियोगको पक्षमा पार्टी नरहेको पनि बताए ।

मंगलबार गृह जिल्ला चितवन पुगेका प्रचण्डले पत्रकार सम्मेलनमा सत्ता गठबन्धनबीच अहिलेसम्म प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने वा नलगाउनेबारे कुनै छलफल नै नभएको बताए ।

हाल न्यायालयमा देखिएको विवाद एक– दुई दिनभित्रै निष्कर्षमा पुग्ने आशा गरेको पनि प्रचण्डले भनाइ थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस