स्पेनिस ला लिगाः बार्सिलोना परिजित

कार्तिक ११, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले हार बेहोरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग १-० गोल अन्तरले हारेको हो ।

भालेकानोको जितमा राडमेल फाल्काओले निर्णायक गोल गरे । उनले खेलको ३० औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

खेलको दोस्रो हाफमा बार्सिलोनाले बराबरी गोल फर्काउने अवसर पाएको थियो । तर,७२ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार भालेकानोका गोलकिपर स्टोलले बचाएका थिए ।

यस जितसँगै भालेकानोले ११ खेलमा १९ अंक जोडेको छ । भालेकानो पाँचौं स्थानमा उक्लिएको छ । बार्सिलोना १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply