एएफसी यू-२३: नेपाल र ताजिकिस्तान खेल्दै

कार्तिक ११, काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टिम ताजिकिस्तानसँग खेल्दैछ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टिमको सामना गर्नेछ । खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।

हारबाट प्रतियोगिताको सुरुआत गरेको नेपाल घरेलु टिमविरुद्ध मैदान उत्रदा पहिलो अंकको खोजीमा हुनेछ । छनोटको समूह बी को नेपाल पहिलो खेलमा बलियो टिम इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो ।

ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।

यस समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अंक विहीन लेबनान तेस्रो र नेपाल पुछारमा रहेको छ ।

छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ ।

समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply