स्रोत नखुलेको २२ लाख ५० हजार रुपैयाँसहित नागढुंगाबाट सिद्दिकी पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ कार्तिक १७, शनिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक १७,काठमाडौँ । प्रहरीले स्रोत नखुलेको २२ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग, नागढुंगाको टोलीले रकमसहित नेपालगञ्ज उपमहानगरपालिका–४, सल्यानीवाग बस्ने ३६ वर्षीय मोहम्मद हसीव सिद्दिकीलाई पक्राउ गरेको हो ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना ५ ख ६४७७ नम्बरको बसमा सवार उनी चेकजाँचको क्रममा शंकास्पद रुपमा भेटिएका थिए । त्यसक्रममा खानतलासी गर्दा उनले शरीरमा लुकाएको अवस्थामा रकम बरामद भएको नागढुंगाका डिएसपी कुमारविक्रम थापाले बताए ।

उनलाई प्रहरी निरीक्षक केशवराज भट्टको नेतृत्वको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान जारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस