पाण्डे नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक: १ पालिकाको १ जना विद्यार्थीलाई प्राविधिक शिक्षा

कात्तिक ११, हेटौंडा । बागमती प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनाल नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्री खनाललाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो

मुख्यमन्त्री पाण्डेसहित चार सदस्यीय मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशको ११९ वटै पालिकाका एसइई उत्तिर्ण गरेका दलित, लोपोन्मुख तथा पिछडिएको वर्गबाट छनौट गरी ११९ जना विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषय अध्ययनको व्यवस्था मिलाउने निर्णय गरको छ ।

सो कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयले आगामी १५ दिनभित्र कार्यविधि तयार पारी पेश गर्न निर्देशन समेत दिएको मन्त्री खनालले जानकारी दिए । सरकारले प्रदेशको सबै पालिकाबाट विद्यार्थी छनौट गरी इच्छाएको विषय अध्ययन गर्ने व्यवस्था मिलाउने र अध्ययन पश्चात सम्बन्धित पालिकामा सरकारले ताकेको निश्चित समय सेवा गर्नुपर्ने निर्णय गरिएको मन्त्री खनालले बताए ।

संम्बन्धित समचार

Leave a Reply