पोखरामा गाँउपालिकाको भेला : मुख्यमन्त्री गुरुङले भने– ‘अधिकारका लागी केन्द्र सरकारसंग संघर्ष गरौँ’

Post Thumbnail

कार्तिक १७,पोखरा । संघीय सरकारविरुद्ध सातै प्रदेशको भेला गराएर अधिकारका लागि संघर्ष गरिरहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अब गाउँपालिकाका जनप्रतिनिधिलाई सिंहदरबारविरुद्ध उत्रन आह्वान गरेका छन् ।

शुक्रबार कास्कीको पर्यटकीय क्षेत्र ताङतिङमा आयोजित गण्डकी प्रदेशका ५८ वटा गाउँपालिकाका प्रमुखरउपप्रमुखको दुई दिने भेलामा मुख्यमन्त्री गुरुङले सँगै मिलेर संघीय सरकारसँग लड्न स्थानीय जनप्रतिनिधिहरुलाई आह्वान गरे ।

स्थानीय सरकारले गरेका गतिविधि, प्रदेश र संघ सरकारबीचको समन्वय, समस्या र प्रगतिका विषयमा ताङतिङमा भेला भएका जनप्रतिनिधिले छलफल तथा अनुभव साट्दैछन् । शुक्रबार र शनिबार हुने भेलाले आ–आफ्ना गाउँपालिकाको समस्याहरु उजागर मात्रै गर्ने छैनन्, गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेशको नयाँ नेतृत्व पनि निर्वाचित गर्ने छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मिलेर लड्न र सँगै अगाडि बढ्न गाउँपालिकाका जनप्रतिनिधिहरुलाई आहृवान गरेका छन् । समृद्धिका लागि सँगै अगाडि बढ्नुपर्ने र अधिकारका लागि मिलेर लड्न मुख्यमन्त्री गुरुङले स्थानीय तहलाई आहृवान गरे ।

‘प्रदेश तपाईंहरुको अधिकारका लागि लड्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘संघीय सरकारले तलमाथि गरे प्रदेशसँगैै तपाईंहरु पनि लडिदिनुपर्छ ।’
स्थानीय तह बलियो नभई संघ र प्रदेश सरकार बलियो हुन नसक्ने मुख्यमन्त्री गुरुङले बताए ।

स्थानीय तह बलियो नभई कार्यक्रमलाई जनतासम्म लैजान नसक्ने मुख्यमन्त्री गुरुङको भनाइ थियो । जुन हिसाबले कर्मचारी पठाउनुपथ्र्यो, त्यसरी नहुँदा कार्यक्रम नै प्रभावित भएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस