कम खर्चमा तीनै तहको चुनाव एकै पटक गरौं : माधव नेपाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १२, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक १२, पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तीनै तहको चुनाव एकै पटक गर्नुपर्ने धारणा राखेका छन् । उनले छुट्टाछुट्टै चुनाव गर्दा राज्यले ठूलो आर्थिक भार वहन गर्नुपर्ने भन्दै एकैपटक चुनाव गर्नु उत्तम भएको बताएका हुन् ।

पत्रकार महासंघ गण्डकीले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलमा नेपालले सबै चुनाव एकैपटक गर्न पाए खर्च पनि कम हुने र राष्ट्रको सम्पत्ति पनि जोगिने दाबी गरे । ‘एउटा प्रदेशको काम एकैचोटि सम्पन्न गर्ने, अर्को प्रदेशको एकैचोटि सम्पन्न गर्ने । राष्ट्रको सम्पत्ति पनि धेरै जोगिन्थ्यो होला,’ उनले भने, ‘कानुनी हिसाबमा केके अड्चन आउँछन्, थाहा छैन । तर, मेरो दिमागमा त्यो कुरा आइराखेको छ ।’

यद्यपि, नेता नेपालले सबै तहको चुनाव एकैपटक गर्ने विचार नितान्त व्यक्तिगतमात्रै भएको प्रष्ट्याए । कानुनी व्यवस्था र जटिलताबारे गठबन्धनसहित सरोकार निकायसँग आफूले अरुसँग छलफल गर्न नपाएकोसमेत उनले सुनाए । नेपालले यो
व्यक्तिगत विचार भन्दै सत्ता गठबन्धन लगायत पार्टीको कानुन विभाग र निर्वाचन आयोगसँग पनि कुरा गर्न नपाएको बताए ।

स्थानीय तहको चुनाव आगामी चैतमा गर्ने प्रधानमन्त्री देउवाले प्रस्ताव गरेका छन् । स्थानीय तहको चुनावलाई पछि सार्ने कि अरु चुनाव अघि गर्ने प्रश्नको जवाफमा नेपालले भने, ‘यसबारे धेरै सोच्न पाएको छैन । मलाई लागेकोमात्रै हो ।’

ताजा अपडेट

खोजी गर्नुहोस