पाकिस्तानको लगातार तेस्रो जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ कार्तिक १३, शनिबार (२ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

कार्तिक १३, काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार तेस्रो जित निकालेको छ । दुबईमा शुक्रबार राति भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले हराउँदै पाकिस्तानले तेस्रो जित निकालेको हो ।

अफगानिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ६ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर आजमले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै विस्फोटक ब्याटिङ गरेका आसिफ अलीले ७ बलमा अविजित रहदै २५ रन बनाए । उनले एकै ओभरमा ४ छक्का प्रहार गरे । त्यस्तै फखर जमानले २० रन जोडे । सोयब मलिकले १९ रन बनाउँदा मोहमद हाफिजले १० रन बनाए ।

अफगानिस्तानका राशिद खानले दुई विकेट लिए । मुजिब उर् रहमान, नभिन उल हक र मोहमद नाबीले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । अफगानिस्तानका कप्तान मोहमद नाबीले अविजित ३५ रन जोड्दा गुल्बादिन नाइब ३५ रनमा अविजि रहे । नाजिबउल्लाह जाड्रनले २२ तथा करिम जनतले १५ रन बनाए । अस्घर अफगान र रहमानउल्लाह गुरुबाजले १०/१० रन बनाए ।

पाकिस्तानका इमाद वासिमले दुई विकेट लिए । शहिन साह अफ्रिदी, हरिस राउफ, हसन अली र शादब खानले १/१ विकेट लिए ।

यस जितसँगै समूह २ को पाकिस्तानले ३ खेलमा ६ अंक जोडेको छ । पाकिस्तान समूहको शीर्ष स्थानमा रहेको छ । अफगानिस्तान २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस