पीएसजीले लिललाई हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ कार्तिक १३, शनिबार (२ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

कार्तिक १३, काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले लिललाई २-१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता उल्टाएर पीएसजीले जित निकालेको हो ।

खेलको ३१ औं मिनेटमा जोनाथन डेभिडले गोल गर्दै लिललाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ७४ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ८८ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए ।

यस जितसँगै पीएसजीले १२ खेलमा ३१ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा यथावत रहेको छ । लिल १५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस