नेप्सेको सीईओ नियुक्तिको लागि दरखास्त आह्वान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ कार्तिक १३, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक १३, काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत पदका लागि सार्वजनिक सूचना मार्फत दरखास्त आह्वान गरेको छ । अर्थमन्त्रालयले गठन गरेको छनोट तथा सिफारिस समितिले १५ दिन भित्रमा शिलबन्दी बोलपत्र आवेदन माग गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत बन्न इच्छुक नेपालीले आफ्नो योग्यता पुग्ने कागजपत्रका साथै व्यवसायिक कार्ययोजना समेत पेश गर्नु पर्नेछ । यस पदकालागि बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, बाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमध्ये कुनै एक वा एकभन्दा बढी क्षेत्रमा कम्तिमा पाँच वर्षको अनुभव हासिल गरेको हुनु पर्ने छ ।

यस्तै अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ बमोजिम तीस वर्ष पूरा भई साठी वर्ष उमेर ननाघेको हुनुपर्ने छ ।दरखास्त आवेदन सँगै तीन हजार रुपैयाँ दरखास्त दस्तुर लाग्नेछ ।

नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकार अधिकृत पदबाट चन्द्र सिंह साउदले राजिनामा दिए पछि सो पद खालि छ । साउदले आफ्नो श्रीमतिको नाममा प्राथमिक शेयर निष्काशनको प्रकृयाँमा रहेको सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको खुलासा भए पछि राजिनामा दिएर बाहिरिएका थिए ।

यस प्रकरणमा जोडिएका नेपाल धितोपत्र बोर्डका अध्यक्षलाई भने नेपाल सरकारले बर्खास्त गर्नु परेको थियो । उनको बर्खास्त पछि मन्त्रालयले बोर्डको अध्यक्ष पदका लागि पनि सार्वजनिक सूचना आह्वान गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस