न्यायालयबारे गठबन्धनको साझा धारणा छिट्टै आउँछ : दाहाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १३, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १३, धनुषा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले न्यायालयमा देखिएको समस्याबारे सत्ता गठबन्धन दलको धारणा छिट्टै सार्वजनिक हुने बताएका छन् । शनिबार सर्लाहीमा आयोजित कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका दाहालले गठबन्धनका शीर्ष नेताहरु साझा धारणा बनाउने प्रक्रियामा रहेको बताएका हुन्

‘न्यायालय र राजीनामाबारे मेरो व्यक्तिगत धारणाभन्दा गठबन्धनकै साझा धारणा सार्वजनिक गर्ने क्रममा छौं,’ दाहालले विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै भने,‘ गठबन्धनका नेता अहिले कोही कता, कोही कता भएकाले बैठक बस्न ढिलो भएको छ । बैठकलगत्तै हामी आफ्नो धारणा बाहिर ल्याउँछौं ।’

उनले न्यायालयमा देखिएको समस्या समाधान गर्ने दृष्टिकोणले नै हल गरिने बताए । ‘गठबन्धन स्मुथ्ली चलिरहेको छ । कुनै विवाद आएको छैन,’ उनले भने,‘दलहरुले आफ्नो राजनीतिक दायरा बढाउनु आफ्नो कुरा छ । तर गठबन्धनलाई असर गर्ने काम कतैबाट भएको छैन ।’

ताजा अपडेट

खोजी गर्नुहोस