प्रदेश सरकारलाई सञ्चार मैत्री बनाइँन्छ : मुख्यमन्त्री पाण्डे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १३, शनिबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

कार्तिक १३, काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकार सञ्चार मैत्री भएर अघि बढ्ने बताएका छन् । नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनको आज सौराहामा उद्घाटन गर्दै मुख्यमन्त्री राजेन्द्र पाण्डेले यस्तो बताएका हुन् ।

पाण्डेले देशको परिवर्तनमा सञ्चार माध्यम र सञ्चारकर्मीको अतुलनिय योगदान रहेको बताए । प्रदेश सरकार संविधान, लोकतन्त्र, संसद्, सङ्घीयता र समावेशीलोकतन्त्रको पक्षमा रहेको भन्दै उनले यसमा वकालत गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।

अघिल्लो प्रदेश सरकारले आफ्नै सञ्चार माध्यम खोल्ने नीति ल्याएको भएपनि आफु त्यसको पक्षमा नरहेको मुख्यमन्त्री पाण्डेले स्पष्ट पारे ।

ताजा अपडेट

खोजी गर्नुहोस