बागमतीमा मन्त्रीपरिषद विस्तार तिहारपछि, २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिने

Post Thumbnail

कात्तिक १४,काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्रस् राजेन्द्रप्रसाद पाण्डेले कात्तिक २२ गते विश्वासको मत लिएर मन्त्रीमण्डल विस्तार गरिने बताएका छन् । मुख्यमन्त्री नियुक्त भएपछि पहिलोपटक गृह जिल्ला धादिङ आएका पाण्डेले अहिले भएका मन्त्रालयबाट केही मन्त्रालय बढ्न सक्ने बताए ।

शनिबार धादिङमा रहेका विभिन्न संघसंस्थाले मुख्यमन्त्री पाण्डेलाई सम्मान गरेका थियो । उनले बागमती प्रदेशलाई अरु प्रदेशले पनि अनुशरण गर्नेगरी काम गरेर देखाउने प्रष्ट पारे ।

जनताको आवश्यकता पुरा गर्न सबैभन्दा पछाडि परेका क्षेत्रलाई प्राथमिकतामा राखेर तत्काल जनताले महशुस गर्न पाउने योजनाहरु ल्याउने उनले बताए । मुख्यमन्त्री पाण्डेले भने ‘तीन महिनाभित्र रिजल्ट हेर्न पाउने खालको योजना तथा कार्यक्रमहरुमा मात्रै पैसा खर्च गरिनेछ ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस