बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे: राजनितिक यात्रा,जेल जिवन र राष्ट्रिय जिम्मेवारी

Post Thumbnail

२०१३ साल जेठ २९ गते धादिङको गजुरी गाउँपालिका वडा नम्बर–२ मा बाबु नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेको कोखबाट जन्मेका हुन् ।  ग्रामिण विकासमा स्नातकोत्तर गरेका पाण्डे २०२९ सालमा एसएलसी उत्तीर्ण गरी धादिङबाट काठमाडौ पुगेका थिए । २०३० साल असारमा सरस्वती क्याम्पसमा भर्ना भएपछि प्रगतिशील विद्यार्थीहरुसँग उनको भेट भयो र त्यहिँबाट राजनीतिमा प्रवेश गरेका थिए ।

२०३१ सालमा भारतले सिक्किमलाई गाभेपछि भएको आन्दोलन र २०३२ सालमा भएको झापा आन्दोलन नै उनको राजनीतिक करियरको पहिलो खुड्किलो बन्यो । यो दुई आन्दोलनमा ३ पटक गरी १ सय ५९ दिन जेल परे ।

२०३३ साल श्रावणमा केन्द्रीय कारागारमा जेल कमिटीको सदस्य तथा कोअर्डिनेसन केन्द्रको सदस्यता प्राप्त गरेका उनी २०३४ साल श्रावणमा प्रथम भ्याली अर्गनाईजिङ कमिटीको सदस्य भएका थिए ।

२०३६ कात्तिकमा धादिङमा भएको प्रथम जिल्ला पार्टी सक्रिय दलको सचिवको जिम्मेवारी प्राप्त गरेका उनी २०४२ साल पुसपछि २०४७ पुससम्म नेकपा (माले) जिल्ला कमिटी धादिङको सदस्य भए । पाण्डे २०४७ साल पुसपछि २०५२ सालसम्म नेकपा एमाले जिल्ला कमिटी धादिङको पार्टी सचिवको जिम्मेवारीमा रहे । २०५० वैशाख २० गते नेपालगञ्जमा सम्पन्न एमालेको छैटौं महाधिवेशनबाट अञ्चल सचिव बनेका पाण्डे २०५४ सम्म सो जिम्मेवारीमा रहे ।

२०५५ मंसिर ५ गते नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी प्राप्त गरेका उनले २०६५ सालसम्म सो जिम्मेवारी सम्हालेका थिए । २०६५ सालदेखि २०७४ सालसम्म नेकपा एमालेको पोलिटब्युरो सदस्य रहेका नेता पाण्डे २०७४ सालदेखि तत्कालीन नेकपाको केन्द्रीय सदस्य रहे । तत्कालीन नेकपा विघटनसँगै उनी २०७८ भदौ ९ गतेसम्म नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । २०७८ भदौमा नेकपा एमाले विभाजनपछि भने उनी नेकपा (एकीकृत समाजवादी) पार्टीमा आवद्ध रहेर उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

२०४८, २०५१, २०५६ र २०७० मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका पाण्डे तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री बनेका थिए। त्यसपछि १५ वर्षपछि मात्र उनी राजकीय पदमा पुगेका छन्।

गिरफ्तारी र जेल जीवन

२०३१ सालमा सिक्किमलाई भारतमा गाभ्ने कार्य विरुद्धको आन्दोलनमा सहभागी रहेका उनले २०३२ सालको विद्यार्थी आन्दोलनमा सरस्वती क्याम्पसबाट नेतृत्व गरे । उनी २०३२ सालको विद्यार्थी आन्दोलनमा गिरफ्तार भई केन्द्रीय कारागारमा१४२ दिनसम्म ९दुई पटक गरी० हिरासतमा बसे । पाण्डेले २०३४ सालभर भूमिगत जीवन बिताए । जेल बसेको अवधिमै कोअर्डिनेशन केन्द्रसँग सम्पर्कमा रहेका उनी २०३६ सालमा बहुदलीय व्यवस्था प्राप्तिका लागि भएको आन्दोलनमा सहभागी भए ।

पाण्डे २०३१ सालमा १७ दिन, २०३२ सालमा १४२ दिन, २०३३ सालमा १ वर्ष, २०३७ सालमा शिक्षक आन्दोलनमा सहभागी हुँदा २८ दिन, २०३८ सालमा ३६ दिन, २०४२ सालमा ९ महिना जेलमै वित्यो । २०४४ सालमा जनपक्षीय जिल्ला सभापतिको हैसियतमा भण्डाफोरको नीति अन्तर्गत फागुन १७ गते भाषण गर्दा ३ वर्ष जेल र राजकामको मुद्दा खेपेर १४ महिनासम्म जेल जीवन बिताए ।

२०३६, २०३८ र २०४२ सालमा सम्पन्न शिक्षक आन्दोलनको नेतृत्व गर्दै आन्दोलनलाई विजयको शिखरमा पु¥याउन सफल भएका पाण्डेले २०६० देखि २०६२÷२०६३ सम्म निरंकुश राजतन्त्र तथा प्रतिगमन विरोधी आन्दोलनमा आन्दोलन परिचालन कमिटीको सचिवका रुपमा काम गरे ।

संसदीय/राजकीय जिम्मेवारी

२०४३ सालमा राष्ट्रिय पञ्चायतको जनपक्षीय उम्मेदवार बनेर निकटतम प्रतिस्पर्धी बनेका पाण्डे २०४४ साल वैशाखमा जनपक्षीय जिल्ला पञ्चायत सभापतिमा निर्वाचित भए । २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा धादिङ क्षेत्र नम्बर–३ बाट लगातार ३ पटक निर्वाचित भए । २०५१ देखि २०५३ सालसम्म संसदीय दलको सचेतक र २०५३ देखि २०५५ सालसम्म प्रमुख सचेतकको जिम्मेवारीमा रहे ।

२०६३ जेठ ८ देखि २०६३ चैत १८ गतेसम्म स्थानीय विकास मन्त्री चलाए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर–३ बाट निर्वाचित भए । २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर–१ ‘क’ बाट उनी निर्वाचित भए । २०७४ साल भदौ २६ गतेदेखि भने उनी नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको नेताको जिम्मेवारीमा छन् ।

प्ररायु संघ र शिक्षक संकगठनको जन्मदाता

प्रजातान्त्रिक राष्ट्रिय यूवा संघको जन्मदाता मध्ये १ जना भई २०४८ र २०५० सालमा सम्पन्न २ वटा राष्ट्रिय सम्मेलनमा भग लिए । तात्कालिन प्ररायु संघ केन्द्रिय कमिटिको सचिवको जिम्मेवारी पाए ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको पनि जन्मदाता नै हुन् । २०३७ र २०४० सालमा सम्पन्न २ वटा रािष्ट्रय महाधिवेशनबाट धादिङ जिल्ला कार्य समितिको २ कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाले । २०४९ साल माघ, २०५४ साल माघ, २०५९ साल फागुन र २०६५ साल फागुनमा सम्पन्न पार्टीको महाधिवेशनमा भाग लिई नेतृत्वमा रहेर काम गरे ।

विदेश भ्रमण

पाण्डेले २०५० सालमा संयुक्त राज्य अमेरिका भ्रमण गरे । २०५३ सालमा चीन, २०५३ साल श्रावणमा इटली र जापान भ्रमण गरेका उनले २०५८ सालमा जर्मनी, स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमण गरेका थिए ।

२०५९ सालमा मलेसिया, सिंगापुर, फिलिपिन्स र थाइल्याण्ड, २०६२ सालमा भेनेजुयलाको भ्रमण गरे । पाण्डेले २०६३ सालमा तान्जानिया, २०६६ सालमा ब्राजिल र चीन, २०६७ सालमा दक्षिण कोरिया, २०६९ सालमा अष्ट्रेलिया र २०७१ सालमा चीनको भ्रमण गरेका छन् ।

-शंकर श्रेष्ठको प्रस्तुती

ताजा अपडेट

खोजी गर्नुहोस