सुर्खेतमा ब्राउन सुगरसहित ३ जना पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ कार्तिक १४, आईतबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

कात्तिक १४, सुर्खेत । प्रहरीले ६५० मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-८ सुकुमबासी टोलका १८ वर्षीय गणेश बि.सी, सोही नगरपालिका-२ जयपुर बस्ने २७ वर्षका दीपेन्द्र रोकाय (दुर्गे ) र २३ वर्षीय बखत बि.क. रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट ६५० मिलिग्राम ब्राउन सुगरसहित चार हजार ४८० रुपैयाँ नगद समेत बरामद गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लागूऔषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस