माधव नेपालले भने-‘केपीजीको पालामा भ्रष्टाचारले सीमा नाघ्यो’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १४, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक १४,काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । आइतबार समाजवादी इन्जिनियरिङ एशोसिएशनको प्रथम राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष नेपालले केपी ओली सरकारको नेतृत्वमा हुँदा सबैभन्दा बढी भ्रष्टाचार भएको दावी गरे ।

उनले भने, ‘म देशको प्रधानमन्त्री भएँ, त्यस्तो देखेको थिइनँ, अहिले त्यो सुन्दा सुन्दा दिक्क भइरहेछ, कति भ्रष्ट भइसकेछ हाम्रो यो सिस्टम, अरुले त अलिअलि गरे होला, तर सबैभन्दा केपीजीको पालोमा भ्रष्टाचारले सीमा नाघ्यो, गफमा भ्रष्टाचार गर्दिन, गरेको पनि सहँदिन भनिदिने । यस्ता गफाडीहरुको हातमा यो देश गयो ।’
अध्यक्ष नेपालले राष्ट्रपति भवनमा समेत हेलिप्याड बनाउने कुरा चलिरहेको भन्दै हेलिप्याड बनाउने कुरामा आफ्नो बिरोध रहेको बताए । उनले देश बनाउन सामाजिक क्षेत्रबाट महाअभियान शुरु गर्नुपर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस