प्रदेश-१: मुख्यमन्‍त्री आचार्यले विश्‍वासको मत लिँदै

कार्तिक १५, काठमाडौँ । प्रदेश १ को प्रदेश सभा बैठक आज बस्दैछ । दिउँउो साढे १२ बजे बस्ने बैठकमा मुख्यमन्‍त्री भीम आचार्यले विश्‍वासको मत लिँदैछन् । बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची छ ।

मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्वासको मत लिने तयारी गरेका थिए । तर कांग्रेसभित्रको किचलो र नेकपा एमालेको आग्रहका कारण बैठक आजसम्मका लागि सारिएको थियो ।

आज बस्‍ने बैठकमा विश्‍वासको मत लिन लागेका मुख्‍मन्‍त्री आचार्य अल्पमतमा छन् । ९२ सदस्‍यीय प्रदेशसभा विश्वासको मत पाउन ४७ जनाको समर्थन आवश्यक पर्छ । तर, एमालेसँग ४१ सा‌सद मात्रै छन् । प्रतिपक्षी गठबन्धनमा ५० जना सांसद छन् । विपक्षी गठबन्धनले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

आचार्यले विश्‍वासको मत नपाउने लगभग निश्‍चित भएपछि विपक्षी गठबन्धनले नयाँ सरकार गठनको तयारी गरेका छन् । गठबन्धनको सहमति अनुसार नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रूपमा अघि सार्ने तयारी छ ।

प्रदेश १ मा ९२ सांसद सासद छन् । एमालेसँग सभामुखसहित ४१ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादीका ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । एक सिट रहेको राप्रपा भने मौन छ ।

 

संम्बन्धित समचार

Leave a Reply