‘फ्लोर क्रस’ गर्ने कर्णालीका तीन मन्त्री पदमुक्त हुँदै

कार्तिक १५, काठमाडौं । कर्णाली प्रदेश सरकारमा मन्त्री भएका तीन गैर सांसद आज पदमुक्त हुने भएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अमर बहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा आज पदमुक्त हुन लागेका हुन् ।

उनीहरु नेकपा एमालेमै रहँदा फ्लोर क्रस गरेर नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिए पछि सांसद पदबाट पदमुक्त भएका थिए । गैरसांसद छ महिना भन्दा बढी मन्त्री बन्न नपाउने कानुनी व्यवस्था छ । एमाले विभाजन भए पछि तीनै जना नेकपा (एकीकृत समाजवादी) मा छन् ।

समाजवादीकी सांसद देवी ओलिले रिक्त रहेको आफ्ना पार्टीका तीन जना मन्त्रीको पदमुक्त भए पनि सोही ठाउँमा फेरि तिनै जना पठाइने बताइन् । अहिले कर्णाली प्रदेश सभामा समाजवादीका तीन जना सांसद मात्रै छन् ।

संम्बन्धित समचार

Leave a Reply