नेपाल बङ्गलादेश बैंकको शेयरमूल्य समायोजन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ कार्तिक १५, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १५, काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल बङ्गलादेश बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंकको प्रस्तावित १२ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।

बैंकको आइतवार कायम अन्तिम मूल्य रू. ४२५.८० को आधारमा बोनसपछिको मूल्य रू. ३८०.१८ तोकेको हो । यस वर्ष बैंकले बोनससँगै कर प्रयोजन समेतका लागि ३.५० प्रतिशत नगद लाभांश समेत वितरण गर्ने तयारी गरेको छ । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले मंसिर २ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले आगामी चार वर्षे कार्यकालका लागि संस्थापक समूहबाट तीन जना र सर्वसाधारण तर्फबाट तीन जना गरी ६ जना सञ्चालक निर्वाचन समेत गर्नेछ । बैंकले साधारण सभा प्रयोजनका लागि कात्तिक १५ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा कात्तिक १४ गतेसम्म कायम शेयरधनीहरु मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस