परिवर्तन देवकोटा
कात्तिक १७, काठमाडौं । वर्षायाममा हिलाम्य र सुख्खा मासमा धुलैधुलो ! सरोकारवालाको ढिलासुस्तीका कारण काम सुरु भएको लामो समयसम्म पनि सम्पन्न नभएको देशकै केन्द्र काठमाडौं उपत्यकाभित्रको सडकको दुरावस्था हो यो ।
कहिले स्थानीय बासीन्दाको अवरोध त कहिले ठेकेदारको लापरवाही, यस्तै यस्तै समस्या झेल्दै आएको छ, मुलुककै मुटुमा रहेको कलंकी–नागढुँंगा सडकखण्डले । अनि उपत्यकाभित्रकै बल्खु–दक्षिणकाली, चावहील–साँखुलगायतका अन्य सडकखण्डले यी र यस्तै समस्या झेल्दै आएका छन् ।
९ दशमलव १ किलोमिटर लामो कलंकी–नागढुंगा सडकखण्ड निर्माण नहुँदा हजारौं सवारीसाधन तथा यात्रुहरुले घन्टौं जामको मार खेपीरहेका छन् । पटकपटक सडक निर्माण कार्य सम्पन्न गर्ने मिति तोकिएपनि कहिल्यै त्यो मितिमा काम सम्पन्न गर्न भने सरोकारवाला निकायले सकेका छैनन् ।
‘पहिला विभिन्न कारणले सडक विस्तारमा अवरोध सिर्जना भएका थिए, तर अहिले त्यस्तो कामनै रोकिने किसिमको अवरोध छैन’ सिंहले मेरोअटोसँग भने ।
यसले लाखौं जनता मारमा परेका त छन् नै सरकारी ढुकुटी पनि रित्तिरहेको छ । उता चावहिल–साँखु, बल्खु–दक्षिणकाली सडकखण्डको पनि समस्या उस्तै रहेको छ । करिब तीन चार वर्षअघि विस्तार कार्य सुरु भएको यो सडकखण्ड अझैपनि सम्पन्न हुन सकेको छैन ।
सरोकारवाला निकायले भने सडक विस्तारको काम अहिले निर्वाधरुपले अघि बढिरहेको बताएको छ । सडक विभागका सहायक प्रवक्ता रमेश कुमार सिंह उपत्यकाभित्रको सडकहरु विस्तारमा अहिले पहिलेकोजस्तो अवरोध नभएको बताउँछन् ।
‘पहिला विभिन्न कारणले सडक विस्तारमा अवरोध सिर्जना भएका थिए, तर अहिले त्यस्तो कामनै रोकिने किसिमको अवरोध छैन’ सिंहले भने ।
‘अहिले सडक निर्माणमा सबैको ध्यान केन्द्रित भएको छ । त्यसैले पनि काम तिव्र गतिमा अघि बढिरहेको छ । आगामी चैतभित्रैमा यी सडकहरुको विस्तारकार्य सम्पन्न हुन्छ ।’ सिंहले भने ।
धुलोधुवाँको मारमा जनता
सडक विस्तार सुरु भएको लामो समयसम्म पनि सम्पन्न नहुँदा सरकारी खर्च त उस्तै बढेको छनै, लाखौं जनता धुलोधुवाँको मारमा परेका छन् । कहिले स्थानीयको अवरोध त कहिले ठेकेदारको लापरवाही, कहिले बजेट अभावको समस्या देखाउँदै सडक अलपत्रमा परेपछि स्थानीयले बेलाबेलामा आन्दोलन नै गर्नु परेको छ ।
‘यसअघि जे भयो, भैसक्यो, त्यहाँ स्थानीयवासी, ठेकेदार तथा अन्य सरोकारवाला निकाय सबैको कमीकमजोरीहरु भएका छन् । अब चैतपछि भने जनताले सडक विस्तारका कारण हुने समस्या झेल्नुपर्दैन ।’
केही समयअघि मात्रै कलंकी नागढुंगा सडकखण्डमा अव्यवस्थित सडक निर्माणका कारण बढेको धुलोधुवाँ नियन्त्रणको माग गर्दै स्थानीय बासीन्दाहरु आन्दोलनमा उत्रिएका थिए ।
आगामी चैतसम्ममा बन्ला त सडक ?
सडक विभागले आगामी चैतभित्रैमा यी सडकहरुको विस्तारकार्य सम्पन्न गर्ने दावी गर्दै आएको छ । उसो त यस्तो दावी यसअघि पटक–पटक नभएका भने होईनन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले २०७४ चैतमा २ महिनाभित्र सडक निर्माण गरिसक्ने आश्वासन दिएका थिए । तर, फेरि साउन १३ गते महासेठले भदौसम्ममा सडक निर्माण सक्ने ठोकुवा गरेका थिए । तर हालसम्म सडकको हालत भने उस्तै छ ।
विभागका सहायक प्रवक्ता सिंह भन्छन् ‘यसअघि जे भयो, भैसक्यो, त्यहाँ स्थानीयवासी, ठेकेदार तथा अन्य सरोकारवाला निकाय सबैको कमीकमजोरीहरु भएका छन् । अब चैतपछि भने जनताले सडक विस्तारका कारण हुने समस्या झेल्नुपर्दैन ।’
विभागका अनुसार सडक विस्तार कार्य जुनसुकै हालतमा आगामी चैतसम्ममा सम्पन्न हुने छ । चैतमा काम नसक्ने अवस्था आउने हो भने त्यस्ता ठेकेदारहरुलाई कारबाही गरिने जनाएको छ । मेरोअटो