सरकारको सन्तुलनका लागि मन्त्रालयको संख्या बढ्न सक्छः जम्मकट्टेल

Post Thumbnail

कात्तिक १५,काठमाडौँ । नेकपा माओवाद केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेले मन्त्रिपरिषद् विस्तारका बारेमा गठबन्धनले कुनै निर्णय नगरेको बताएका छन् । उनले मुख्यमन्त्री नियुक्त गर्ने दिन गठबन्धनमा रहेका दलहरु बीच केही सामान्य छलफल भएपनि निष्कर्षमा नपुगेको बताए ।

प्रदेशमा गठबन्धनको नेतृत्वमा सरकार बनाउनु र विश्वासको मत लिनु पर्ने पहिलो आवश्यकता भएकाले गठबन्धन त्यसतर्फ केन्द्रीत भएकाले मन्त्रिपरिषद् र मन्त्रालय भागबण्डाको विषय टुङ्ग्याउन बाँकी रहेको उनले बताए ।

सरकारको विश्वासको मत सम्बन्धी प्रस्तावको विषय टुङ्गिएपछि मन्त्रिपरिषद् विस्तार हुन् नेता जम्मकट्टेलको भनाइ छ । सरकारको सन्तुलन र कामका आधारमा मन्त्रालय विभाजन हुन सक्ने उनले बताए । ‘जनताको काम गर्ने विषयमा सरकारले कञ्जुस्याइ गर्दैन तर, परिस्थिती र सन्तुलनका लागि मन्त्रालयको संख्या बढ्न सक्छ,’ नेता जम्मकट्टेलले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस