कर्णालीका मुख्यमन्त्री शाहीद्धारा राजीनामा

कात्तिक १५,सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्। ​सत्ता साझेदार नेपाली काँग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिएका हुन् ।

सोमबार कर्णालीवासीको नाममा सम्बोधन गर्दै शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरे । काँग्रेस माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय काँग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी थियो।

गठबन्धन फेरबदलका क्रममा भएको सहमति अनुसार आफूले इमानको राजनीति प्रस्तुत गर्दै नेपाली काँग्रेसलाई सत्ता हस्तान्तरण गर्न लागेको शाहीले सम्बोधनका क्रममा बताए । उनले नयाँ सरकारलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको पनि जिकिर गरे ।

सरकारले गरेका कामको लामो फेहरिस्त प्रस्तुत गरेका शाहीले जाँदा जाँदै आफूलाई साथ दिने राजनीतिक दल र कर्मचारीलाई धन्यवाद ज्ञापन गरे ।

संम्बन्धित समचार

Leave a Reply