नेकपा (एस)का अध्यक्ष नेपाल र मुख्यमन्त्री पाण्डेबीच भेटवार्ता

कात्तिक १५, बारा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधब कुमार नेपाल र बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेबिच सिमरा एयरपोर्टमा भेटघाट भएको छ ।

उक्त भेटघाटमा पार्टी संगठन विस्तार र प्रदेश सरकार सन्चालनका बिषयमा छलफल भएको पाण्डेका स्वकीय सचीव दिनेश घिमिरेले बताए ।

सो भेटमा मुख्यमन्त्री पाण्डेलाई अध्यक्ष नेपालले बधाई ज्ञापन व्यक्त गरेका थिए । पाण्डे बागमती प्रदेशमा गएको कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

संम्बन्धित समचार

Leave a Comment