एमाले अब प्रतिपक्षमै सिमित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ कार्तिक १६, मंगलबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

कार्तिक १६, काठमाडौँ । नेकपा एमाले अब सघं र प्रदेशमा प्रतिपक्षमा मात्रै सिमित भएको छ । पार्टी विभाजनपछि केन्द्रदेखि चारवटै प्रदेश सरकारको नेतृत्व गुमाएसँगै एमाले प्रतिपक्षमा सिमित हुन पुगेको हो । एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका कारण प्रदेश सरकारमा शून्यमा झरेको छ ।

तत्कालीन नेकपा हुँदा बहुमतको सरकार गठन गरेको एमालेले नेकपा र एमाले विभाजित भएसँगै प्रदेश सरकार नेतृत्वको सरकार गुमाएको छ । सोमबार प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै एमाले सबै प्रदेशको सत्ताबाट बाहिरिएको छ ।

प्रदेश–१, वागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित सत्ता सम्हालेको एमाले अहिले शून्यको अवस्थामा छ । एमालेबाट अगल भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै प्रदेश–१, वागमती र लुम्बिनीमा एकल बहुमतमा रहेको एमाले सत्ताबाट पनि बाहिरिएको हो ।

गण्डकी प्रदेशमा भने तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी फुटेपछि माओवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले साथ छाड्दा एमालेले सत्ता गुमाएको थियो । अल्पमतमा परेपछि यसअघि नै वागमतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका थिए ।

अब स्थानीय निकायहरुमा मात्र एमालेको नेतृत्वको स्थानीय सरकार रहेको छ । यो घटनाले नेकपा विभाजनपछि धक्का खाएको र पार्टी विभाजनपछि झन ठूलो धक्का खाएको देखिदै गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस