उड्नै लागेको जहाजसँग बँदेल ठोक्कियो

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ कार्तिक १६, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक १६, काठमाडौं । नेपालगञ्ज विमानस्थलको धावनमार्ग जहाजसँग बँदेल ठोक्किएको छ । उड्ने तयारीमा रहेको सीता एयरको जहाज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर हो ।

जहाज बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा थियो । उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज बँदेलसँग ठोक्किएको विमानस्थल स्रोतले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षति भने भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् । १४ यात्रु र कार्गो बोकेको सो जहाजको अगाडिको र पछाडिको टायरको बीच भाग (तल्लो पेट) मा प्वाल परेको छ ।

धावनमार्गबाट जहाज हटाएर विमानस्थल सन्चालनको प्रयास भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस