तिहारमा घर जानेलाई बाटैमा खोपको व्यवस्था

कार्तिक १६, काठमाण्डौ । तिहार मनाउँन घर जानेहरुलाई कोरोना विरुद्धको खोपको व्यवस्था गरिएको छ । आज बिहानदेखि नै काठमाण्डौ उपत्यकाबाट बाहिरिनेका लागि खोपको व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाण्डौबाट बस छुट्ने मुख्य पाँच ठाउँमा खोप केन्द्र राखिएका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा रहेका खोप केन्द्रमा गएर खोप लगाउन सकिने छ ।

कोरोना विरुद्धको पहिलो र दोस्रो दुवै मात्रा खोप दिइने डा. अधिकारीले जानकारी दिए । पहिलो मात्राको खोप लगाएकाले दोस्रो खोपका लागि खोप कार्ड अनिवार्य लैजानु पर्नेछ । यस्तै, अहिलेसम्म खोप नलगाएकाहरुलाई परिचय पत्रका आधारमा पहिलो डोज दिइनेछ ।

परिचयपत्र भएका १८ वर्ष भन्दा माथिका सबैले अस्ट्राजेनेकाको खोप पाउने डाक्टर अधिकारीले जानकारी दिए । यी पाँच ठाउँबाट आज र भोलि खोप दिइनेछ । त्यसपछि थप निर्णय गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply