सामलिङको आईपीओ तपाईलाई नि पर्‍यो कि ? यसरी हेर्नुहोस नतिजा!

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ कार्तिक १६, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १६, काठमाडौँ । सामलिङ पावर कम्पनीको साधारण शेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा बिहान ८ः३० बजे आईपीओ बाँडफाँट भएको हो ।

कात्तिक ४ गतेदेखि ८ गतेसम्म कम्पनीले निष्काशन गरेको आईपीओमा २२ लाख ६५ हजार ६ सय ९८ जना आवेदकले २ करोड ६९ लाख ३३ हजार ५ सय कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित दरमा १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन अनुमति पाएकोमा ५ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीयहरुका लागि बिक्री गरिसकेको छ । सर्वसाधारणका लागि जारी कुल सात लाख ३० हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी छ लाख ७८ हजार ९ सय कित्ता सर्वसाधारणका लागि बाँडफाँट गरिएको हो ।

सर्वसाधारणका लागि छुट्याइएको ६ लाख ७८ हजार ९ सय कित्ता ६७ हजार ८९० जनाले १० कित्ताका दरले पाएका छन् । आवेदन दिएका करीब २२ लाखको हात खाली भएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिनेछ ।

कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरी असोज १ गतेदेखि व्यापारिक उत्पादन शुरु गरिसकेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस