सर्वोच्चमा न्यायाधीशहरुको आन्दोलन जारी: आज पनि भएन मुद्दाको सुनुवाइ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १६, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कात्तिक १६, काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग गरेका सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार बन्दी प्रत्यक्षीकरणको रिटमा पनि सुनुवाइ गरेका छैनन् ।

सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरेका उनीहरुले मंगलबार भने सुनुवाइ गरेनन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार १० जना न्यायाधीशको ५ वटा संयुक्त इजलास तोकेका छन् । तर न्यायाधीशहरुले मुद्दाको सुनुवाइ गरेका छैनन् ।

प्रधानन्यायाधीश जबराले आफूले सम्मानजनक निकास चाहेको बताएपछि असन्तुष्ट न्यायाधीशका तर्फबाट अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्माले छलफल गरेका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस