पछिल्लो २४ घण्टामा थप ४६९ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १६, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कात्तिक १६, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,११५ पीसीआर परीक्षणमा ४२२ र ३,१७२ एन्टिजेन परीक्षणमा ४७ जना गरी ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ५५५ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९,१७४ रहेको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ८ हजार १०७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४२७ पुगेको छ भने ७ लाख ९२ हजार ८३२ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १७४ जना रहेका छन् । जसमध्ये ८ हजार ४६८ जना होम आइसोलेसनमा रहेका छन् भने ७०६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २४१ जना आईसीयू र ७४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस