ट्र्याक्टर दुर्घटनामा ३ जनाको मृत्यु, एक जना घाइते

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ कार्तिक १७, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक १७, काठमाडौं । जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का १ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

प्रहरीका अनुसार नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा दुर्घटना भएको छ । मंगलबार राति २ बजे दुर्घटनामा परेको ट्र्याक्टरमा ४ जना सवार थिए ।

दुर्घटनामा परी नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारि दिए ।

दुर्घटनामा नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् । उनी सहचालक हुन् । घाइते परियारको अवस्था गम्भीर रहेको डीएसपी थापाले जानकारी दिएको छ ।

प्रहरीले दुर्घटनाको कारण खुल्न नसकेको जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस