पीएसजीसँग लाइप्जिगको बराबरी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ कार्तिक १८, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १८, काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ‘ए’को खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब आरबी लाइप्जिगबीच बराबरी भएको छ ।

रेडबुल एरिना लाइप्जिग जर्मनीमा बुधबार राति भएको खेलमा इन्ज्युरी समयमा फउल गरेपछि पीएसजी लाइप्जिगसँग २–२ को बराबरीमा रोकिएको हो । घरेलु मैदानमा लाइप्जिगका क्रिस्टोफोर एनकुकु र डोमिनिक सोबोस्लाईले १–१ गोल गरे । पीएसजीका लागि जर्जिन्हो वाइनाल्डमले २ गोल गरे ।

खेलको आठौं मिनेटमा नै क्रिस्टोफोर एनकुकुको गोलबाट लाइप्जिगले अग्रता लिएको थियो । उनले आन्द्रे सिल्भाको पासमा गोल गरेका थिए । खेलको १२औं मिनेटमा आन्द्रे सिल्भा पेनाल्टीमा चुक्दा लाइप्जिगले अग्रता दोब्बर पार्न भने सकेन ।

खेलको २१औं मिनेटमा गोल गर्दै जर्जिन्हो वाइनाल्डमले पीएसजीलाई १–१ गोलको बराबरीमा ल्याए । उनले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए । ३९औं मिनेटमा मार्किन्हसको पासमा दोस्रो गोल गर्दै बाइनाल्डले पीएसजीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाएका थिए ।

जिततर्फ अघि बढेको पीएसजी इन्ज्युरी समयमा भने चुक्यो । अन्तिम समयमा प्रेसनेल किमपेम्वेले गल्ती गर्न पुगेपछि लाइप्जिगले पेनाल्टी पायो । किमपेम्वेले पेनाल्टी बक्समा किमपेम्वेले फउल गरेपछि रेफ्रीले लाइप्जिगलाई पेनाल्टी प्रदान गरेका थिए । पेनाल्टीको अवसरलाई डोमिनिक सोबोस्लाईले गोलमा परिणत गरेपछि लाइप्जिग २–२ को बराबरीमा पुग्यो ।

लाइप्जिगसँगको बराबरीपछि ४ खेलबाट ८ अंक जोडेर पीएएजी अंक तालिकामा समूह ुएुको दोस्रो स्थानमा झरेको छ । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ९ अंक छ । पहिलो अंक जोडेको लाइप्जिग पुछारमा छ। यस्तै, क्लब ब्रुग ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस