रैराङ र रिडी हाइड्रोपावर मर्जरमा, कारोबार रोक्का

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ कार्तिक १८, बिहिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

कार्तिक १८, काठमाडौँ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड र रिडी हाइड्रोबीच एक आपसमा गाभिने भएको छ । बुधबार यी दुई कम्पनीबीच गाभिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुवै कम्पनीको संचालक समितिबाट मनोनयन भई संयुक्त मर्जर कमिटि समेत बनेको छ ।

गाभिने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएकाले दुवै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलसम्मका लागि दोस्रो बजारमा हुने सेयर कारोबार रोक्का राख्नका लागि रैराङ हाइड्रोपावरले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, र सिडीएससी सँग आग्रह गरेको रैराङका कम्पनी सचिव साईका भण्डारीले जानकारी दिएका छन् ।

रैराङले गत आर्थिक बर्ष १२.६ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) दिएको छ । कात्तिक १७ गतेको साधारणसभाको लागि कात्तिक ४ गते बुक क्लोज गरेकाले कात्तिक ३ गतेसम्म कायम सेयरधनीले मात्र उक्त लाभांश प्राप्त गर्नेछन ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस